अर्थ

अमेरिकी डलरको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो

काठमाडौं।नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य घट्दा युरो, पाउन्डसहितका विदेशी मुद्राहरूको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा निर्धारण भएको छ। हिजो मेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा थियो।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४८ पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ३१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १७० रुपैयाँ २१ र बिक्रीदर १७० रुपैयाँ ९८ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६८ पैसा र बिक्रीदर ६९ रुपैयाँ ०८ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९२ पैसा थियो।

आजको लागि कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ५३ पैसा निर्धारण भएको छ। हिजो कुवेत दिनार १ को खरिददर ४३४ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ९२ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ १० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *