अर्थ

२७ अंकले बढ्यो नेप्से, कारोबार रकम ५ अर्ब ३४ करोड

काठमाडौं । सोमबार शेयर बजार बढेर बन्द भएको छ । निरन्तर तीन कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.४१ अंकले बढेर २ हजार ६ सय ४५ दशमलव ३६ विन्दुमा पुगेको छ । आज कारोबारमा आएका ३ सय ७ स्क्रिपको ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको १ करोड ४ लाख कित्ता शेयर किनबेच भएको छ ।

सोमबार नेप्सेसँग कारोबार रकम पनि बढेको छ । आइतबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

आज २ सय १३ स्क्रिपको शेयर मूल्य बढेको छ । २८ कम्पनीको शेयर मूल्य घटेको छ भने २ कम्पनीको शेयर मुल्य स्थिर छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४६ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३३ करोड ७९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । समृद्धि फाइनान्सको २४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको १९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज २ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसरी सर्किट लाग्नेमा जानकी फाइनान्स र दोल्ती पावर कम्पनी रहेको छ । त्यस्तै, यस दिन रिभर फल्स पावरको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने मेन्छियाम हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *