अर्थ

राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति कार्यान्वयन गर्ने निर्णय

काठमाडौँ । राजस्व चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनका तीन महत्वपूर्ण विभागहरूले संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने भएका छन् ।

भन्सार विभाग, आन्तरिक राजस्व विभाग र राजस्व अनुसन्धान विभागका विभागीय प्रमुख सहित उच्च पदस्थ अधिकारीहरू संलग्न बैठकले राजस्व चुहावट नियन्त्रणका लागि संयुक्त रणनीति तय गरेर कार्यान्वयनमा जाने निर्णय गरेको हो ।

बैठकले अन्तर विभागीय समन्वय बढाउने र आपसमा सूचना आदान प्रदान तथा सहकार्यलाई थप मजवुत बनाउने समेत निर्णय गरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधीमा गत वर्षको सोही अवधिको तुलनामा १३.३ प्रतिशतले राजस्व वृद्धि भएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *