देश

राससकर्मी अधिकारी पुरस्कृत

काठमाडौं । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले यस वर्षको मिडिया अवार्डबाट राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिबी अधिकारीलाई प्रदान गरेको छ ।

नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याएबापत अधिकारीलाई कदरपत्र र रु २५ हजारसहित पुरस्कृत गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिए ।

अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पुरस्कार प्रदान गरेका थिए ।

अधिकारीलाई करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी राससमा पर्यटनलगायत विषयमा कलम चलाउदै आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *