देश

नक्कली भुटानी शरणार्थीको प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई भोली मात्र बुझाउने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुन्धानमा जारी राखेको प्रहरीले सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन नबुझाउने भएको छ ।

सरकारी वकिलसँग समन्वय गरेर काम जारी रहेकाले आइतबार रातिसम्म अनुसन्धानको काम सक्ने र सोमबार विहान सरकारी वकिललाई अनुसन्धानको प्रतिवेदन बुझाउने तयारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका क्रममा हालसम्म १६ जनालाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

सो प्रकरणमा पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाँण र एमाले सचिव टोपबहादुर रायमाझी, , गृहमन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, पूर्वसभासद आङटावा शेर्पा, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा मामिला सल्लाहकार इन्द्रजित राईलगायत रहेका छन् ।

सो प्रकरणमा आइतबार कांग्रेस पूर्व सभासद आङटावा सेर्पाविरुद्ध ५ जनाले उजुरी दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *