
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीविरुद्ध बुधबारसम्ममा अदालतमा मुद्दा दायर गर्ने तयारी भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले दिएको जानकारी अनुसार प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी रहेको छ ।
प्रहरीले बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा सरकारी वकिलको कार्यालयमा जाने उनको भनाइ छ ।
‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान मुद्दा आएकाले अहिले त्यसको अनुसन्धानका लागि व्यस्त भएको बताउँदै नेउपानेले शुरुमा मुद्दाको विश्लेषण भइरहेकाले पछि मात्र अपराधका आधारमा सजाय किटाण गर्ने बताए । । मुद्दाको विषयमा सरकारी वकिल कार्यालयले अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने उनले बताए ।