देश

काठमाडौंमा सम्पदा घुम्ती बस सेवा मंगलबारबाट संचालनमा आउने

काठमाडौं । नेपालमा पर्यटकको सेवामा केन्द्रित गरी सम्पदा घुम्ती बस सेवा सञ्चालन हुने भएको छ । घुम्ती बस सेवा मंगलबारदेखि परीक्षणका रुपमा संचालन हुने भएको हो ।

काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायातसँगको सहकार्यमा यस्तो बस सेवा सञ्चालनमा ल्याउन आउने भएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यस्तो बस सेवा मंगलबार ललितपुर महानगरपालिकाको प्राङ्गणबाट उद्घाटन हुने छ । यस्तो बस सेवाले पर्यटकलाई विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडौं दरवार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म पहुँच दिने बताइको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट