देश

नक्कली शरणार्थी प्रकरणमा २७ करोड बिगो दाबी, ३३ जनालाई मुद्दाको सिफारिस

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना पक्राउपछि प्रहरीले हिरासतमा राखी अनुसन्धान गरेर सरकारी वकिललाई सोमबार प्रतिवेदन बुझाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको हो ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रवक्ता सीताराम रिजालका अनुसार आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्न सिफारिस गरेको हो ।

नक्कली शरणार्थी प्रकरणमा आरोपितविरुद्ध सोमवारसम्म ११३ जनाले २२ वटा उजुरी दिएको रिजालले जानकारी दिए।

आरोपितहरू विरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस गरिएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र सङ्गठित अपराधबाहेक पनि किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र राज्य विरुद्धको अपराधमा पनि मुद्दा चलाउन सकिनेबारे प्रहरीले अनुसन्धान गरेको यसअघि बताएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट