
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर हिरासतमा रहेका पूर्वगृहमन्त्री सहित ३३ जनाको टिमले प्रहरी हिरासतमा परेपछि कसरी छुटकारा पाउने भन्ने सोच्न थालेका छन् ।
जेलबाट मुक्त हुनका लागि हिरासतमा रहेका गृहमन्त्रीसहिलको टिमले अहिले सो प्रकरणमा आँफू दोषि भएको बताउँदै आएका छन् । तर यो वास्तविकता होइन । प्रहरी गरेको अनुसन्धान प्रतिवेदनले उनीहरु अपराधि रहेको पुष्टि गरिसकेको छ ।
पूर्व गृहमन्त्री बालकृष्ण खाँण
पूर्वगृहमन्त्री बालकृष्ण खाणले गैरभुटानी शरणार्थीलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने कार्य ठिक नभएको र आफूले सो कार्य सोच्न पनि नसक्ने बताए . अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयान कागजमा खाणले भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा आफ्नो संलग्नता नरहेको बताएका हुन् ।
‘भुटानी शरणार्थीको नाममा नेपालीहरूलाई मिसाई भुटानी शरणार्थी बनाई तेस्रो देश पठाई दिन्छौ भनी रकम लिएको भन्ने आरोपमा मेरो संलग्नता छैन, मेरो मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो मलाई थाहा भएन।
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझी
नेकपा एमालेका नेता तथा पूर्व मन्त्री टोपबहादुर रायमाझीले आफ्नो छोरालाई पक्राउ गरी हतकडी लगाएको समाचार सुनेपछि आँफूपनि पक्राउ पर्ने डरले भागेको बताए । छोरा पक्राउ परेपछि मनै विग्रिएपछि सम्पर्कविहीन बने ।
अधिकार प्राप्त सरकारी अधिकारी समक्षको बयानमा रायमाझीले सानु भण्डारीको घरबाट प्राप्त डायरीमा आफ्नो नाममा रकम दिएको भनिएको कुरामा कुनै सत्यता नरहेको दाबी गरे । उनले केशव दुलाल र सानु भण्डारीसँगको अफरमा ‘फ्रेस’ हुनका लागि मात्र हेलिकप्टरमा गोसाईंकुण्ड पुगेको बताए ।
बयान रायमाझीले गृह मन्त्रालयमा इन्द्रजीत राईको कार्यकक्षमा राई, भण्डारी र दुलालबीच लेनदेनको विवाद भएको सुनेको स्वीकार गरेका छन् । कार्यकक्षबाट बाहिर आएपछि आफूले भण्डारी र दुलाललाई डुप्लिकेट काम त गरेको छैन भनेर उल्टै प्रश्न गरेको उल्लेख गर्छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा चिनिएका केशवप्रसाद दुलाल
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुख्य योजनाकारका रुपमा चिनिएका केशवप्रसाद दुलालले आफू ठगी गर्ने व्यक्ति नभएर पीडित भएको बयान दिए। बयानमा दुलालले आफूले कसैलाई नठगेको तथा सन्देश शर्माले आफूलाई आफ्नो आफन्त र साथीभाइलाई अमेरिका पठाइदिन्छु भन्दै १ करोड रुपैयाँ ठगेको दाबी गरेका हुन् ।
केशवप्रसाद दुलालले आफूले २०७६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यलाई १ करोड रुपैयाँ दिएको बयान दिएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएर ठगी गरेको प्रकरणमा पक्राउ परेका दुलालले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी अधिकारीसँगको बयानमा बज्राचार्यलाई बालुवाटारमै गई १ करोड रुपैयाँ बुझाएको बयान दिएका हुन् ।
सन्देश शर्मा र गजेन्द्र बुढाथोकीबीच आरजु देउवालाई २ करोड बुझाएको, छ करोड रुपैयाँ बुझाएको र सो रकम मञ्जु खाणले लिएको भनेर भएको कुराकानीको बारेमा पनि आफूलाई कुनै जानकारी नभएको पनि सरकारी अधिकारीहरूसँगको बयानमा उल्लेख गरे । उनले गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीलाई नचिनेको र उनीहरूलाई अमेरिका पठाइदिन्छु भनेर कुराकानीसमेत नगरेको दाबी गरेका छन् । तर प्रतिवेदनमा आरोपि रहेको ठहर छ ।
तत्कालीन गृहसचिव टेकनारायण पाण्ड
तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नरहेको र आफूलाई फसाउने काम भएको बयान गरे । अधिकार प्राप्त अधिकारीहरूलाई दिएको बयानमा पाण्डेले यस प्रकरणबारे जानकारी लिनका लागि प्रतिवादी केशवप्रसाद दुलालसँग सम्पर्क गरेको दाबी गरेका हुन् ।
सचिव पाण्डेले आफूले प्रत्यक्ष रूपमा रकम नलिएको र तत्कालीन गृहमन्त्री बालकृष्ण खाण वा उनको सचिवालयले रकम लिए÷नलिएको आफूलाई थाहा नभएको बताए । आफू निजामती सेवामा इमानदार र नैतिकवान् कर्मचारीको रूपमा परिचित व्यक्ति भएको दाबी गर्दै आफ्नो सरल स्वभावको गलत प्रयोग गरी आफूले खुलाएका विषयमा संलग्नता भएको जस्तो देखिने गरी अन्य व्यक्तिहरूले गलत कार्य गरी फाइदा लिएको र बदनाम गर्न खोजेको आरोप समेत लगाए । तर यो प्रतिवेदनमा यस्तो देखिदैन ।
सानु भण्डारी
नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य योजनाकार मध्ये एक हुन सानु भण्डारी । उनले डा. इन्द्रजीत राईले अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको बयान दिए । सरकारी अधिकारी समक्षको बयानमा भण्डारीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का सुरक्षा सल्लाहकार रहेका राईले आफूलाई अमेरिका पठाइदिन्छु भन्दै रकम लिएको तर काम नगरेको बताए ।
बयानमा भण्डारीले पटकपटक कसैलाई पनि अमेरिका पठाइदिने भन्दै कसैसँग कुरा नगरेको, कसैलाई रकम नदिएको तथा कसैसँग रकम नलिएको जिकिर गरे।
हज समितिका अध्यक्ष शमशेर मियाँ
नक्कली शरणार्थी प्रकरणमा मुछिएका हज समितिका अध्यक्ष शमशेर मियाँले आफूले प्रयोग गरेको सरकारी गाडी सन्देश शर्मालाई प्रयोग गर्न दिएको स्वकिारेका छन् ।
पक्राउ परेपछि सरकारी वकिलको रोहवरमा प्रहरीलाई बयान दिने क्रममा शर्माले पारिवारिकसमस्या बताएपछि आफूले गाडी दिएको र त्यसबाहेक अरु थाहा नभएको बताए ।
‘सन्देश शर्माले पारिवारिक समस्या छ भनेर गाडी माग गरेकोले केही दिनको लागि चालकलाई गाडी छाड्न भनेको हुँ । उनले भने ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगिको आरोपमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको नेपाल प्रहरीले निष्पक्ष रुपमा अनुसन्धान गरेपश्चात सरकारी वकिल कार्यालयलाई सोमबार लामो प्रतिवेदन बुझाइसकेको छ ।
मंगलबार जिल्ला अदालत काठमाडौँले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण सहित १६ जना पक्राउपछि प्रहरीले हिरासतमा राखी अनुसन्धान गरेर सरकारी वकिललाई सोमबार प्रतिवेदन बुझाइसकेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले ३३ जनाविरुद्ध विभिन्न मुद्दा चलाउन सरकारी वकिलको कार्यालयलाई सिफारिस गरिएको छ । आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्न सिफारिस भएको छनक्कली शरणार्थी प्रकरणमा आरोपितविरुद्ध सोमवारसम्म ११३ जनाले २२ वटा उजुरी परिसकेको छ । आरोपितहरू विरुद्ध ठगी र सङ्गठित अपराधमा मुद्दा चलाउन सिफारिस भएको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगी र सङ्गठित अपराधबाहेक पनि किर्ते, सम्पत्ति शुद्धीकरण, भ्रष्टाचार र राज्य विरुद्धको अपराधमा पनि मुद्दा चलाउन सकिनेबारे प्रहरीले जनाएपछि हिरासतमा रहेका आरोपितहरुले ब्यानको परिभाषा फेर्न थालेका छन् । प्रहरी नियन्त्रणमा परेका अपराधिहरुलाई कसरी जेलबाट छुटकारा पाउने भन्ने भइसकेको छ। संगठित रुपमा नेपाली नागरिकलाई बेच्ने पूर्वगृहमन्त्रीसहितको टिमले हिरासतमा बसेर उम्किने बाहाना गर्न थालेका छन् ।