
धनगढी । बझाङ केन्द्रविन्दु भएर गएराती भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराती १० बजेर २१ मिनेट जादा बझाङ केन्द्रविन्दु भएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
पछिल्ला दिनहरुमा सुदूरपश्चिममा लगातार भूकम्पका झट्का महसुस गरिएको छ ।
यस अघि सोमबार बाजुरा केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।