देश

भोलि उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ । भोटो जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्राध्यक्षको उपस्थितिमा हरेक वर्ष ललितपुरको जावलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने प्रचलन छ । भोलि राष्ट्रपति रामचन्द्र पौडेल जावलाखेल जाने कार्यक्रम तय भएको छ ।

जेठ ५ गते संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम वाचन गरेका पौडेल विरामी भई उपचार गराएपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेका हुन् ।

एक महिना लामो मच्छिन्द्रनाथको जात्रा १३०० वर्षअघि नै सुरु भएको मानिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *