
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय संयोजक हाना सिंगरबीच भेटवार्ता भएको छ । बिहिबार महासंघको सचिवालयमा उनीहरुको भेट भएको हो । उक्त भेटवार्तामा अध्यक्ष ढकालले निजी क्षेत्र र विकास साझेदारहरु बीच सहकार्य बढाउन अनुरोध गरेको छ ।
समसामयिक विषयमा देखा परेको आर्थिक संकटको सामाधानको लागि रणनीति तय गर्दै लगानीको वातावरण बनाउन दक्ष जनशक्ति तयार गरेर वेरोजगारीको समस्या हल गर्ने विषयमा साझेदारी दलसंंग सहकार्य गरेर अगाडि बढ्न महासंघ तयार रहेको स्रोतले जनाएको छ ।
महासंघका अनुसार औद्योगिक क्षेत्रमा देखा परेका समस्या समाधान गर्ने लक्ष्यसहित साना तथा मझौला उद्योग व्यवसायको क्षमता विकास गर्ने ,दक्ष जनशक्ति उत्पादन, निजी क्षेत्र र तीनै तहका सरकारसँगको सहकार्य लगायतका विषयमा सहकार्य गर्ने विषयमा छलफल भएको हो ।