
काठमाडौँ । नेपाल एयरलाइन्सको काठमाडौंबाट भारतको बैंगलोरका लागि उडेको विमान फर्किएको छ ।
एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले शनिबार १:४५ मिनेटमा बैंगलोरका लागि उडान भरेकोमा चरा ठोक्किएको आशंकामा बीचबाटै पुन: काठमाडौँ फर्काएको हो ।
अहिले विमान बारे अनुसन्धान भइरहेको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।