
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो ।
आर्थिक वर्ष ०८०/८१ को बजेट र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्ड बुधबार भारत प्रस्थान गर्ने तय भएको छ । मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीलगायतसँग राजनीतिक परामर्श गर्ने छन् । त्यससँगै कूटनीतिज्ञहरूसँग पनि परामर्श गर्ने कार्यतालिका छ । प्रचण्डको भारत भ्रमणमा के के एजेन्डा तय गर्ने भन्ने विषयबारे बैठकमा छलफल हुने भएको छ ।
सोमबार संसद् बैठकमा बजेट प्रस्तुत हुँदैछ । बजेट कति खर्बको ल्याउने, के के विषयलाई महत्व दिने भन्ने बारे मन्त्रिपरिषद् बैठकमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।