देश

भोली गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय

काठमाडौं । भोलि जेठ १५ गते सोमबार सार्वजनिक विदा हुने भएको छ । भोलि गणतन्त्र दिवसको अवसरमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको हो ।

हरेक वर्ष सरकारले गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिँदै आएको छ । भोलि सार्वजनिक बिदा भएसँगै बीमा कम्पनी, शेयर बजारका साथै बैंक तथा वित्तीय संस्था लगायतका कार्यालयहरु बन्द रहनेछन् ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ ।

झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *