काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले प्रतिनिधि सभाको उद्योग समितिको सभापतिमा दिएको उम्मेदवारी फिर्ता लिएको छ ।
रास्वपाका उम्मेदवार गणेश पराजुलील आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गठबन्धनबाट उम्मेदवार बनेका जनमत पार्टीका अब्दुल खान निर्बिरोध निर्वाचित बनेका छन् ।
योसँगै प्रतिनिधिसभाका १० वटै समितिका सभापति निर्बिरोध निर्वाचित भएका छन् ।