
काठमाडौं । सयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन शुक्रबार नेपाल भ्रमणमा आएका छन् ।
आफ्नो भ्रमणका क्रममा उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन विभिन्न भेटवार्ता गर्ने स्थित अमेरिकी दूतावासले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले नेपालका सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नेछन् । नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेन र परराष्ट्रमन्त्री एनपी साउदबीच भेटवार्ता भएको छ।
मन्त्री साउद र सिनेटर होलेनबीच दुई देशको हितका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले बताएको छ। सिनेटर होलेनले काठमाडौं रहँदा अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन सरकारी अधिकारीहरू, युवा नेता, सांसद र उद्यमीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी राजदूतावासले बताएको छ। साथै, नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि पनि प्रकाश पार्ने राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।