देश

वीर अस्पतालकाे माथिबाट खसेका पुरुषको मृत्यु

काठमाडौं । वीर अस्पतालको सर्जिकल भवनको छैटौं तल्लाबाट खसेका एक परिचय नखुलेका पुरुषको मृत्यु भएको छ ।

मृतक पुरुष आइतबार बिहान अस्पतालको छैटौं तलाबाट हाम फालेर मृत्यु भएको अवस्थामा भेटिएको अस्पतालले जनाएको छ ।

अन्दाजी ३५/४० वर्षका ती मृतक पुरूषको परिचय भने खुलेको छैन । अस्पतालको सर्जिकल भवनमा ती व्यक्ति राति २:१५ बजेको समयमा छिरेको देखिएको अस्पताल स्रोतको भनाइ छ । सीसीटीभीमा हेर्दा मृतक फेला परेका व्यक्ती फेटा बाँधेर अस्पतालमा छिरेको देखिएको छ र केही समयपछि ६ तल्लाबाट फुत्त झरेको देखिन्छ ।

खोजतलास गर्दा ति व्यक्ति अस्पतालमा भर्ना भएको बिरामी र कुरूवा नभएको पुष्टी भएको छ । उक्त घटनाबारे थप अनुसन्धान भैरहेको र मृतकको सव परहरीले मुचुल्का उठाई त्रिवि शिक्षण अस्पतालमा लगीएको अस्पतालले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *