देश

वर्षाका कारण बाजुराको साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै अलपत्र

बाजुरा।वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । अम्कोटमा पहिरो आएपछि सडक अवरुद्ध बनेको हो ।

सदरमुकाम मार्तडी जोड्ने सडक गए रातिदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए ।

अम्कोटमा पहिरो लगातार बग्न थालेकाले पन्छाउन सम्भव नभएको उनकाे भनाइ छ । लगातार वर्षा भइरहेकाले पहिरो पन्छाउने काममा अवरोध भएको छ ।

वर्षा रोकिएपछि पहिरो हटाएर सडक नियमितरुपमा सञ्चालन गर्न पहल गरिने प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

पहिरोका कारण लामो तथा छोटो दूरीका सवारीसाधन बाटोमै ठप्प छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *