देश

कोशीमा बजेटसम्बन्धी नयाँ अध्यादेश जारी

काठमाडौं । कोशी प्रदेश सरकारले बजेटसम्बन्धी दुइवटा अध्यादेश जारी गरेको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङ्गले ‘कोशी प्रदेश आर्थिक अध्यायदेश’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश’ जारी गरेका हुन् ।

सर्वोच्चको परमादेशबाट एमाले कोशी संसदीय दलका नेतासमेत रहेका हिक्मत कार्कीले शुक्रबार बेलुका मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । सोही दिनको बैठकबाट उनले अध्यादेश ल्याउने निर्णय गरेका थिए ।

यसअघि कार्की नेतृत्वको सरकारले नै गत जेठ ३२ गते ल्याएको बजेट अध्यादेश भदौ १० गते निष्क्रिय भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *