देश

ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थुन्ने कि छाड्ने भन्ने आजै आदेश आउने

काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा थुनछेक बहस सकिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासमा भएको बहस आइतबार दिउँसो सकिएको हो ।

अघिल्लो आइतबारदेखि थुनछेक बहस सुरु भएको थियो । जिल्ला अदालतकाअनुसार आजै आदेश आउने छ। ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गर्ने दुई सयभन्दा बढी अनुसन्धानको दायरामा आएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालयलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दुई सयभन्दा बढी व्यक्तिमाथि मुद्दा चलाउन सुझावसहितको प्रतिवेदन बुझाएको छ । सोहीअनुसार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।

जग्गा प्रकरणमा अहिलेसम्म ३० जनाभन्दा पक्राउ परिसकेका छन् । कोही धरौटीमा छुटेका छन् भने जग्गा फिर्ताको कबोल गर्नेलाई प्रतिवादी बनाइएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *