देश

हङकङबाट ल्याइएको तस्करीको सुन नेपाल हुँदै पुग्थ्यो भारत

काठमाडौं । तस्करहरुले अवैध रुपमा पछिल्लो समय हवाई मार्ग हुँदै हङकङबाट ल्याइएको सुन नेपाल हुँदै भारत पुग्ने गरेको पाइएको छ ।

साउन ३ गत त्रिभुवन अन्तराष्टिैय विमानस्थलको भन्सारबाट जाँच पास भइ बाहिरिएको अवस्थामा राजस्व अनुसन्धान आयोगको टोलीले बरामत गरेको करिब ६१ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको ३५ दिन लामो अनुसन्धाननबाट उक्त कुरा खुलेको हो ।

हङकङमा तीनवटा र नेपालमा पाँचवटा कम्पनी नै खडा गरेर कार्गोमार्फत सुन तस्करी हुने गरेको अनुसन्धानबाट खुलेको सीआइबीका प्रमुख एआइजी किरण बज्राचार्यले जानकारी दिएकी छन् । यो सुन तस्करी प्रकरणमा हङकङबाट नेपाल पठाउने काममा चिनियाँ र ताइवानका नागरिकहरुको संलग्न रहेको पाइएको बज्राचार्यले बताइन् ।

सीआईबीले उक्त सुन प्रकरणको अनुसन्धान पैतिवेदन आज (बुधबार) सरकारी वकिलको कार्यालयमा बुझाउँदैछ । सीआइबीले पक्राउ परेका ९ विदेशीसहित ३२ जना तथा फरार रहेका १४ विदेशीसहित १८ जनाविरुद्ध मुद्दा चलाउन राय दिँदैछ ।

एआजी बज्राचार्यका अनुसार रेडी ट्रेड लिंक प्रालिको नाममा हालसम्म सबै बरामद ब्रेक प्याडहरुलाई जोख्दा ३०२ किलो ६२० ग्राम सुन ल्याएको देखिएकाले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ को बिगो कायम गरेर मुद्दा अघि बढाउन राय दिइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *