देश

डडेल्धुरामा अटोरिक्सा दुर्घटना, दुई जनाको मृत्यु

डडेल्धुरा।डडेल्धुरामा अटोरिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको मेलखर्कमा अत्तरियाबाट डोटीतर्फ जाने क्रममा गएराति अटोरिक्सा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवम् प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकामा दुई जनाको घटनास्थल मै मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुनेमा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशव महरा रहेको प्रहरी निरीक्षक नायकले बताए ।

अटोरिक्सामा सवार वीरबहादुर कुँवर घाइते छन् । उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *