देश

गोकर्णेश्वरमा बुबाको श्राद्ध गर्नेहरूको भीड (तस्बिरहरू)

काठमाडौं।आज भाद्रकृष्ण औँसीका दिन छोराछोरीले परम्पराअनुसार बुबालाई मन पर्ने मिठाइ तथा भोजन खुवाइ आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् ।

बुबा नहुनेले विभिन्न पवित्र स्थानमा गई बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् ।

साेही क्रममा: आज काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बुबा नहुनेहरूले आफ्नो बुबाको नाममा श्राद्ध गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *