देश

उपद्रो मच्चाएपछि १५ बाल कैदीबन्दीलाई पुनः भक्तपुर ल्याइँदै

काठमाडौं । वीरगञ्जस्थित बाल सुधार गृहका १५ जना बाल केदीबन्दीलाई भक्तपुर ल्याइने भएको छ । ३ साताअघि भक्तपुरको बाल सुधारगृहबाट त्यहाँ पठाइएका १८ जना बालकैदी र यहाँ पहिलेदेखि बस्दै आएका कैदीहरूबिच मंगलवार रातभर झडप भएपछि उनीहरुलाई पुन भक्तपुर नै फिर्ता ल्याइने भएको हो ।

बालकैदीबिच भएको झडमा ११ जना कैदी र ३ जना प्रहरी घाइते भएका थिए । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भक्तपुरबाट आएका १८ जना कैदीमध्ये १५ जना फिर्ता पठाउने सहमति भएपछि मात्रै स्थिति नियन्त्रणमा आएको बताए ।

तीन बाल कैदीहरूले त्यहाँ नबस्ने भन्दै विरोध जनाउँदै आएका थिए । सोही विषयलाई लिएर उनीहरूले सुधार गृहका नाइकेसँग विवाद गरी कुटपिट गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *