काठमाडौं।काठमाडौं महानगरपालिका—३२ तीनकुने गैरीगाउँमा गएराति चार जनाको हत्या घटनाकाे छानबिन गर्न ५ सदस्यीय समिति गठन गरिएको छ । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा छानबिन समिति बनाएको हो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर,काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरू समितिमा रहेकाे उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापालेले जानकारी दिए ।
समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी छन् ।
गैरीगाउँस्थित दिव्य सःमिलभित्र काठले बनेको एक तले जस्ताको टहरोमा गएराति धारिलो हतियारबाट चार जनाको हत्या भएको छ ।