देश

शान्ति प्रक्रिया टुंग्याउन प्रधानमन्त्री प्रचण्डले अमेरिकासँग सहयोग माग्ने

काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमणका क्रममा शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सहयोग मागिने भएको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने कार्यमा विदेशी निकायको सहयोग माग्ने विषय पहिलो प्राथमिकतामा रहेको बताए ।

माओवादीले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुको विकल्प नरहेको जनाएको छ । शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएर घोषणा गर्न बाँकी रहेको प्रवक्ता सापकोटाले बताए ।

शान्ति सम्झौताको १८ वर्ष लागिसक्दा पनि शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको उनले बताए । माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले लगायत सबै पार्टीसँग सहमति गरेर शान्ति प्रक्रियालाई टुङ्गो लगाउने प्रयास भइरहेको उनले बताए ।

पत्रकार सम्मेलनमा उनले भने, ‘भ्रमणमा प्रधानमन्त्रीले मुख्य कुरा शान्ति प्रक्रिया टुङ्गोमा पुर्‍याउन सहयोग माग्ने रहेको छ । शान्ति प्रक्रिया भनेको यो नेपालको मौलिक ४ चोटी सम्म निर्वाचन भइसकेपछि एक प्रकारले भन्यो भने कानूनले निश्चित गर्न मात्रै बाँकी हो कि त्यो शान्ति प्रक्रिया त सफल भइसक्यो । शान्ति प्रक्रिया सुरु भइसकेपछि ४ वटा निर्वाचन भइसके । यो धेरै ठूलो सफलता हो तर फेरि यति ठूलो सफलता हुँदाहुँदै पनि सेना समायोजन भइसक्यो । अरु काम भइसके तर पनि यसलाई निष्कर्षमा पुर्‍याएर एक प्रकारले घोषणा गर्न बाँकी छ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *