देश

ऋषि पञ्चमीमा बिदा नहुने

काठमाडौं।काठमाडौं महानगरपालिकाले ऋषि पञ्चमीका दिन बिदा नरहेको बताएको छ ।

महानगरबाट प्रकाशित भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन असोज २ गते बिदा उल्लेख रहेको भए पनि उक्त दिन बिदा नरहेको महानगरले सूचना निकालेर जानकारी गराएको हो ।

भित्ते पात्रोमा ऋषि पञ्चमीका दिन महिला कर्मचारीहरूलाई बिदा भन्ने उल्लेख थियो । आन्तरिक प्रशासन महाशाखा प्रमुख सरिता राईले सूचना निकालेर ऋषि पञ्चमीमा बिदा नरहेको उल्लेख गरेकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *