
काठमाडौं । टी–२० विश्वकप छनोटको एसिया फाइनलमा नेपाल र सिंगापुरबीच आज प्रतिस्पर्धा हुँदै छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको छ । नेपालले अब फिल्डिङ गर्ने छ ।
छनोटमा एसियाका आठ देश सहभागी छन् । चार–चार टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । १९ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।
सेमिफाइनल जित्दै फाइनल पुग्ने दुई टोली अर्को वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुने छन् । आयोजक नेपाल समूह एमा रहेको छ । यो समूहमा ओमान, मलेसिया र सिंगापुर रहेका छन् ।