
काठमाडौं । वैदेशिक रोजगार बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई मृत्यु भएका वा शतप्रतिशत अशक्त भएका कामदारका छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न दरखास्त मागेको छ ।
छात्रवृत्ति प्राप्त गर्न योग्यता पुगेका इच्छुक विद्यार्थीलाई तोकिएको कार्यविधिबमोजिम आगामी पुस ८ गतेभित्र आ–आफ्नो विद्यालयमा आवेदन दिन भनिएको छ । सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्वप्राथमिक कक्षा, नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्ममा अध्ययनरत १८ वर्षमुनिका बालबालिकाले निवेदन दिन पाउने सूचनामा उल्लेख छ ।
सम्बन्धित विद्यालयले आवश्यक कागजातसहित आ–आफ्नो स्थानीय तहमा सिफारिस गर्नुपर्ने प्रावधान छ । यससम्बन्धी थप जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्र वा वैदेशिक रोजगार बोर्डको सचिवालयबाट लिन सकिने जनाइएको छ ।