देश

माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौँ । माइतीघर मण्डलामा निषेधाज्ञा जारी गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता स्वागत नेपालले बिना हातहतियार शान्तिपूर्ण रूपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गरेका हुन्।

सर्वोच्च अदालत प्रशासनले बुधवारका लागि निवेदनको प्रारम्भिक सुनुवाइ हुने मिति तोकेको छ। रिट निवेदनमा स्थानीय प्रशासनको निर्णय बदर गरी निषेधाज्ञाको निर्णय खारेज हुनुपर्ने र नागरिकले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउनुपर्ने माग राखेका छन् ।

जिल्ला प्रशासन कार्यालय सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म माइतीघर बानेश्वर क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेका थिए । जसको अहिले चौतर्फी आलोचना भइरहेको छ ।

मंसिर ७ मा दुर्गा प्रसाई समूह र एमाले भ्रातृसंगठन युवा संघले जनप्रदर्शन गर्ने भएपछि काठमाडौं प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *