देश

प्रधानमन्त्री र कतारका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल मुरैखीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगेर विदेश राज्यमन्त्री सोल्तान बिनले प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरुबीचको भेटमा दुई देशको सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज नै राज्यमन्त्री अल मुरैखीको टोलीले परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेको थियो । भेटमा परराष्ट्रमन्त्री साउदले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

नेपालको दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौं आएका अल मुखैरी आजै स्वदेश फर्कदैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट