देश

के अब नेपालमा सबै समलिङ्गीले विवाहमा सरकारी मान्यता पाउँछन् त ?

काठमाडौं । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता पाएपछि अब नेपालमा रहेका सबै समलिङ्गीले सरकारी मान्यता पाउने संभावना बढेको छ । पहिलो पटक लम्जुङको दोर्दी २ मा समलिङ्गी विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागका निर्देशनमा विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए ।

सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको भन्दै गाउँपालिकाले समलिङ्गी विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएकाे छ । नेपालमा जैविक रुपमा लिङ्ग विभाजन सोही अनुसारको भएपछि हरेक कुरामा सरकारले बाधा पु¥याउन नपाउने हो तर केही समय अघिदेखी समलिङ्गीलाई सरकारले कुनै पनि सरकारी मान्यता दिएको छैन् । केही स्थानीय तहहरुले नागरिकता पनि वितरण गरेका छन् भने पहिलो पटक स्थानीय तहबाटै विवाहलाई पनि दोर्दी गाउँपालिकाले समलिङ्गीको अधिकारलाई सुनिश्चत गर्दै विवाह दर्तालाई मान्यता दिएको हाे ।

‘ गाउँपालिकाका अनुसार २०७४ सालमा सामाजिक परम्पराअनुसार नै दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको थियाे । विवाह गरेपछि उनीहरुले अन्य नागरिकको सो सरह सुविधा उपलब्ध गराउन माग गर्दै संम्बन्धित निकायमा समेत बेलाबेला जाने गरेका थिए । विवाह गरेपछि पहिलो पटक गाउँपालिकाले विवाह दर्ता गरिदिएको थिएन, तर उनीहरुले आफ्नो अधिकारका लागि मन्त्रालय विभाग सम्म पुगेर अधिकारका लागि कुरा उठाएपछि विभागको निर्देशनमा गाउँपालीकाले उनीहरुको विवाह दर्ता गरिदिएको जनाइएको छ । गाउँपालिले उनीहरुबीच भएको विवाहको अस्थायी अभिलेख समेत राख्ने भएको छ ।

अधिकारका लागि लडेको लामो संघर्षपछि पहिलोपटक विवाह दर्ता प्रमाणपत्र पाउँदा उनीहरु दुबैले खुशी व्यक्त गरेका छन् ।
परम्परा अनुसार पाटी प्यालेसबाट विहे गरेका उनीहरुलाई केही दिन समाजमा अनौठो मानेपनि विस्तारै समाजले स्वीकार्न थालेको उनीहरुले बताएका छन् । धेरै जसोलाई समलिङ्गीका बारेमा थाहा पनि छैन् । सुनेका त हुन्छन नै तर उनीहरुको प्रकृति भने बुझेका हुँदैनन् ।

अन्य नागरिहरुले गर्ने सबै काम गर्न आँफूहरुले पनि सक्ने उनीहरुको भनाइ छ । पछिल्लो समय समलिङ्गी यौनिक अल्पसंख्यकहरुले विभिन्न कार्यक्रमहरुमा समेत सहभागिता जनाउने गरेका छन् । नेपाल सरकारले ठुलो मात्रामा नेपालभरी छरिएर रहेका समलिङ्गीहरुलाई अन्य नागरिकलाई सरह अधिकार नदिदाँ विकृति बढ्न थालेको छ । सरकारले पनि समलिङ्गीलाई कानुन नै बनाएर अन्य नागरिकलाई सो –सरह सुविधा दिए उनीहरुको भविष्य पनि राम्रो हुने र विकृति पनि न्युन हुने देखिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *