देश

छातीमा समस्या भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना

काठमाडौं ।छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् ।

उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो । उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ ।

उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *