देश

वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु जारी भएपछि सुरक्षा व्यवस्था कडा, १ हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं । वीरगन्ज महानगरपालिका क्षेत्रमा साँझ ५ बजेपछि कर्फ्यु लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । दुई समुदायबिच द्वोन्द्वको अवस्था सिर्जना हुन नदिनका लागि त्यस क्षेत्रमा सुरक्षा परिचालन गरिएकोजिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको हो ।

वीरगन्जमा सुरक्षा व्यवस्था कडा पार्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जानकारी दिए । प्रशासनले कर्फ्यु आदेश पालना गराउनका लागि नेपाल प्रहरीबाट ५ सय र सशस्त्र प्रहरीबाट ५ सय गरी एक हजार प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको हो ।

पर्सा प्रहरी प्रवक्ता कुमारविक्रम थापाका अनुसार वीरगन्ज महानगरको पावरहाउस, मुर्ली, घण्टाघर, ठाकुरराम बहुमुखी क्याम्पस, इदगाह चोक, माइस्थान, आदर्शनगर, भन्सार एरिया लगायतका मुख्य चोक तथा गल्लीमा सुरक्षाकर्मी खटाइएको हो

अहिले वीरगन्जको अवस्था तनाव ग्रस्त भएकाले जिल्ला प्रशासनले कर्फ्यु लगाएको प्रहरीले जनाएको छ । थप मद्दतका लागि अन्य जिल्लाबाट पनि प्रहरी निमन्त्रण गरिएको र बागमती प्रदेशबाट पनि थप मद्दतमा प्रहरी जाने त्यहाको प्रहरी स्रोतले जनाएको छ ।

साँझ ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यु आदेश जारी गरेको जनाए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *