देश

गृहमन्त्रालयले थाल्यो अर्पेशन ,सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही सबै जिल्लालाई पत्र

काठमाडौं । गहृमन्त्रालयले सरकारी जग्गा अतिक्रमण गर्ने सबैलाई कारबाही गर्न सबै जिल्ला प्रशासनलाई पत्राचार गरेको छ । गृहमन्त्रालयले एक विज्ञप्ती जारी गर्दै सरकारी जग्गाको सम्पूर्ण विवरण संकल्न गरेर पठाउन र सरकारको नाममा भएको जग्गा व्यक्तीको नाममा ल्याएर अतिक्रमण गर्ने सबैलाई कारबाही गर्न ७७ वटा जिल्ला प्रशासनलाई गृहमन्त्रायले पत्र पठाएको हो ।

विवरण संकलन र कारबाही प्रक्रिया अघि बढाउन सम्बन्धित सरोकारवाला निकायसँग समन्वय गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको गृह मन्त्रालयले विज्ञप्ति जारी गरेको विज्ञप्तीमा उल्लेख छ । सार्वजनिक एवम् सरकारी स्वामित्वमा रहेको ऐलानी, सन्धिसर्पन, गौचरन र घाट कानुन विपरीत कसैले निजीकरण गरेको भेटिए त्यस्ता व्यक्तिलाई कारबाही गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।

‘जग्गा पुरानै अवस्थामा कायम गर्ने प्रयोजनका लागि सो सम्बन्धी सत्य तथ्य सूचना सहितको विवरण संकलन गरी गृह मन्त्रालयमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको मन्त्रालयले जनाएको छ ।

जग्गा अतिक्रमण र कब्जा भएको भन्दै जग्गा फिर्ता ल्याउने कामलाई सरकारले प्राथमिकतामा राखेको गृह मन्त्रालयले जनाएको छ । त्यस्ता जग्गाबारे सूचना भएमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिन गृह मन्त्रालयले सर्वसाधारणलाई आग्रह समेत गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *