देश

भ्रष्टाचार आरोपमा पक्राउ परेपछि किन निजी क्षेत्रको आपत्ति ?

काठमाडौं । सरकारले पछिल्लो समय देशमा सुशासन कायम गर्नका लागि भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेको छ । विगतको तुलनामा वर्तमान समयमा विभिन्न भ्रष्टाचारमा संलग्न भएका नागरिकलाई नियन्त्रण गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सिआइबी ले जिम्मेवारी पूर्ण चासो देखाइरहेको छ ।

अहिले दैनिक नै भ्रष्टाचार आरोप विभिन्न संस्थामा आवद्ध सर्वसाधारणदेखि विशिष्ट व्यक्ति समेत पक्राउ परिरहेका छन् । कुनै पनि संस्थामा काम गर्ने नागरिकहरुले गैरकानुनी रुपमा कार्य गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रण लिदैं आएको छ । पक्राउ परेका अपराधीलाई छुटाउन शक्तिको प्रयोग पनि हुँदै आएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विभिन्न अनुसन्धानका आधारमा दोषी ठहर गरेपछि कुनै पनि संस्थाले आपत्ति जनाउनु हुँदैन् । देशको सम्पूर्ण प्रणाली बिग्रनेको मुख्य कारण नै देशमा भ्रष्टाचार मौलाउनु हो । देशमा सुशासन कायम गर्नका लागि भ्रष्टाचारमा मुछिएका नागरिकहरुको सरकारले निष्पक्ष छानबिन गर्नु आवश्यक छ ।

भ्रष्टाचारमा दोषी ठहर भएका नागरिकमाथि कुनै पनि राजनीति दल र शक्ति र सत्ताको आधारमा अनुसन्धानलाई कम्जोर बनाउनु हुँदैन् । अख्तियार अनुसन्धान आयोग र सिआइबीका साथै अदालतले कुनै पनि भ्रष्टाचारको आरोपमा दोषी ठहर भएका व्यक्तिहरुलाई उन्मुक्ति दिन नहुने भन्दै भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर काम गरिरहेको बेला केही दिन अघि देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई धितो मूल्यांकनको दोब्बर ऋण दिने बैंकरहरु पक्राउ परेको घटनाप्रति निजी क्षेत्रका तीन प्रतिनिधिमूलक संस्थाहरुले विरोध जनाएका छन् ।

जनता र बैंकको करिब ७ अर्ब अपचलन गर्ने चौलागाईंलाई मिलेमतो गरी कमसल धितोमा ऋण प्रवाह गरेको आरोपमा प्रभु बैंकका सिनियर डेपुटी सीईओ मनोज न्यौपाने, सेञ्चुरी बैंकका पूर्व सीईओ तुलसीराम गौतमलगायत १० जनालाई प्रहरीले पक्राउ गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिनुपर्ने आवाज उठाएका छन् । यो कुरा सामान्य भने होइन् । कुनै पनि संस्थाले भ्रष्टाचारको आरोपमा पक्राउ परेका व्यक्तिलाई छुटाउनुपर्ने माग राख्नु गैरकानुनी कार्य हो । कुनै पनि घटनामा संलग्नलाई दोषी वा निर्दोष हो भन्ने कुरा अनुसन्धान पश्चात मात्र थाहा हुने भएकाले अनुसन्धानलाई फितलो पार्ने काम गर्नु सकरात्मक विषय होइन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *