देश

सहकारी छानबिन समितिको छलफलमा अर्थमन्त्री र गभर्नर सहभागी

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको बैठक जारी छ । अहिले सिंहदरबारमा जारी बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल,राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी, योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीले छलफलमा सहभागी जनाएका छन् ।

समितिले यसअघि सहकारीको रकम दुरुपयोगमा संलग्न भनिएका आरोपित, पीडित, सहकारी विज्ञ, गृहमन्त्री, प्रहरी प्रमुख लगायतसँग छलफल गरेको थियो । सरोकारवालासँगको छलफलपछि प्रतिवेदन लेखनमा जुटेको समितिले अर्थमन्त्री, गभर्नर लगायतसँग आइतबार छलफल गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *