धर्म/सस्कृति

कांग्रेस सभापति देउवाकाे माघे संक्रान्तिको शुभकामना-सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने विश्वास

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आज देशभर मनाइँदै गरेको ‘मकर संक्रान्ति÷माघे संक्रान्ति’ तथा थारु समुदायको प्रमुख चाड माघी पर्वको शुभकामना दिएका छन् ।

नेपालका विभिन्न जातजातिहरुले विशेष पर्वका रुपमा मनाउँदै आएको ‘मकर संक्रान्ति/माघे संक्रान्ति’को अवसरमा सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना दिएका छन् ।

एक विज्ञप्तीमा भनिएको छ, नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिहरुको बसोबासको संगम स्थल हो । त्यसैले यहाँ विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाँडपर्वहरुको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ ।

माघी पर्वका अवसरमा उनले दिएको सन्देशमा भनिएको छ,भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्व— आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना वढाउने काममा कोशेढुंगा सावित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *