
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले मच्छिन्द्रनाथको जात्रा, बाह्रमासे जात्रा र भोटो जात्रालाई विश्व सम्पदा सूचीमा समावेश गराउन माग राखेकी छिन् ।
आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा बोल्दै सांसद कार्कीले यस्तो माग राखेकी राखेकी हुन् । ललितपुर कला संस्कृतिको धरोहर भए पनि राज्यले त्यसको वेवास्ता गरेको उनको भनाइ छ ।
‘ललितपुर सांस्कृतिक धरोह २०७२ सालको भूकम्पपछि पुनर्निर्माणको काम सकियो भनेर पुनर्निर्माण प्राधिकरण विघटन भएको उनले बताइन् । ’ कार्कीले भनिन्, ‘बुङमतीको रातो मछिन्द्रनाथ, खोकनाको रुद्रायणी मन्दिर ८ वर्षसम्म पुनर्निर्माण हुन नसकेकाले पुनः निर्माण सकिने गरि बजेटको माग सांसद कार्कीले गरेकी छिन् ।