शिक्षा / स्वास्थ्य

ह्याम्पस अस्पतालमा संचालित आई भि एफ सेवाबाट नि : सन्तान दम्पतीलाई सेवा प्रदान

काठमाडौं । ह्याम्पस अस्पतालले निः सन्तान दम्पतीलाई आई भि एफ (टेस्ट ट्युव बेबी) सेन्टरबाट सेवा प्रदान गरिरहेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्याती प्राप्त बरिष्ठ स्त्री रोग विशेषज्ञ प्रा.डा भोला रिजाल तथा प्रा.डा पद्मराज पन्तको नेतृत्वमा गरिने सेवाबाट हाल दुई निः सन्तान दम्पतीले सन्तान प्राप्त गरेका छन् ।

सेवा विस्तार गरेको एक वर्ष नपुग्दै ह्याम्पस अस्पताल निः सन्तान दम्पतीलाई सन्तान सन्तान उत्पादनमा सहयोग गर्न सफल भएको छ । हाल नेपालका दम्पति र अमेरिका दम्पतीले आई भि एफ प्रविधिबाट सन्तान प्राप्त गरेका छन् । ह्याम्पस अस्पतालले सन्तान प्राप्त गर्ने र यस प्रविधिलाई विज्ञता प्रदान गर्ने सबैलाई धन्यवाद प्रदान गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *