
काठमाडौं । बलिउडको प्रख्यात ‘दादासाहेब फाल्के अवार्ड’को ६९ औं संस्करण सम्पन्न भएको छ । सूचना तथा प्रसारण मन्त्रालयद्वारा स्थापित संस्थाले हरेक वर्ष राष्ट्रिय चलचित्र पुरस्कार समारोह ‘दादासाहेब फाल्के अवार्ड’ प्रदान गर्दै आएकोमा यस वर्ष पनि सो अर्वाड प्रदान गरिएको छ ।
यस बर्षको ‘ दादाशाहेब फाल्के अवार्ड’ समारोहमा नेपालका तर्फबाट सहभागी भएका अभिनेत्री करिश्मा मानन्धर र अभिनेता तथा निर्देशक आकाश अधिकारी उत्कृष्ठ अर्वाडबाट सम्मानीत भएका छन् । करिश्मा मानन्धरलाई उत्कृष्ट अभिनेत्री एवम् आकाश अधिकारीलाई उत्कृष्ट अभिनेता तथा निर्देशकको अवार्डबाट उनीहरु आइतबार सम्मानीत भएका हुन् ।
सो अवार्डबाट सम्मानीत भएपश्चात खुसी व्यक्त गदै सामाजिक संजालको माध्यमबाट अभिनेत्री करिश्माले ‘दादासाहेब फाल्के अवार्ड’लाई धन्यवाद ज्ञापन गरेकी छिन् । सामाजिक संजालमार्फत धन्यावद ज्ञापन गर्दै उनले एक स्टाटस लेखेकी छिन्,– ‘कला एक विश्वव्यापी भाषा हो, यसको माध्यमबाट प्रत्येक राष्ट्रले मानव जातिको संस्कृतिमा आ–आफ्नो अद्वितीय योगदान दिन्छ, यसको कुनै सीमा छैन। यसले सबै बाधाहरू पार गर्दै मानिसहरूको जीवनलाई समृद्ध बनाउन पुग्छ। हाम्रो नेपाली चलचित्र उद्योगको यो सम्मानजनक पहिचानको लागि दादासाहेब फाल्के फिल्म फाउन्डेसनलाई धन्यवाद ।’