मनोरञ्जन

पाँच सय करोड क्लबमा गदर-२

काठमाडौँ । बलिवुड फिल्म गदर-२ ले भारतीय बक्स अफिसमा नयाँ किर्तिमान बनाएको छ । गदर-२ ले रिलिजको २४ दिनमा भारतीय बक्स अफिसमा ५०० करोड कमाई गर्दै नयाँ किर्तिमान बनाएको हो ।

फिल्मले दोस्रो दिन ५० करोड पार गरेको थियो भने तेस्रो दिन सय करोडको कमाई पार गरेको थियो ।

त्यस्तै फिल्मले रिलिजको चौथो दिन १५० करोड, पाँचौं दिन २०० करोड, छैटौं दिन २५० करोड, आठौ दिन ३०० करोड, १०औं दिन ३५० करोड, १२औं दिन ४०० करोड, १७औं दिन ४५० करोड र २४औं दिन आइतबार ५०० करोडको आँकडा पार गरेको छ ।

अहिलेसम्म गदर-२ ले भारतीय बक्स अफिसमा ५०१.१७ करोड भारु कामाइ गरेको छ ।

यसका साथै भारतीय फिल्मको अल टाइम बक्स अफिस कलेक्सनको तालिकामा गदर-२ अहिले तेस्रो नम्बरमा रहेको छ । यो फिल्मभन्दा अगाडी बाहुबली-२ रहेको छ, जसले ५१०.४९ करोड भारु कमाई गरेको थियो भने शाहरुख खानको पठानले ५४३.०५ करोड कमाई गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *