
काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको फिल्म जवानले घरेलु बक्स अफिसमा ४३०.४४ करोडको आँकडा पार गरेको छ ।
जवानले रिलिजको दोस्रो आइतबार ३४.२६ करोड कमाई गरेको छ । योसँगै जवानले घरेलु बक्स अफिसमा ४३०.४४ करोड भारु कमाई गरेको हो ।
त्यस्तै जवानले तामिल र तेलगु भाषामा भने आइतबारसम्म ४९.५५ करोड कमाई गरेको छ ।
जवान फिल्म भारतीय बक्स अफिसमा अहिलेसम्मका सबै रेकर्ड तोड्ने अनुमान गरिएको छ । अहिलेसम्म सबैभन्दा बढी कमाई गर्ने रेकर्ड शाहरुखकै फिल्म पठानको नाममा छ, जसले ५४३.०५ करोड भारु कमाई गरेको थियो । त्यस्तै त्यसपछि गदर-२ ले ५२० करोड कमाई गरेको छ र तेस्रो स्थानमा बाहुबली-२ ले ५१० करोड कमाई गरेको छ ।
फिल्म ‘जवान’मा शाहरुख खान बाहेक दीपिका पादुकोण, नयनथारा, विजय सेतुपति, प्रियामणि, सान्या मल्होत्रा, सुनील ग्रोवर जस्ता कलाकारहरुको अभिनय रहेको छ ।