मनोरञ्जन

भाइरल डीपफेक भिडियोबारे बाेलिन् रश्मिका

काठमाडौं । भाइरल भएको डीपफेक भिडियोमा भारतीय अभिनेत्री रश्मिका मन्डन्नाले सोमबार दिउँसो पहिलो प्रतिक्रिया दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘त्यस्ता कुराहरू मेरा लागि मात्र होइन, प्रविधिको दुरुपयोगका कारण जोखिममा परेकाहरूका लागि पनि खतरनाक छन्, जसले धेरै पीडा भोग्न सक्छ। आज, एक महिला र एक अभिनेताको रूपमा, म मेरो सुरक्षा कम्बल र समर्थन प्रणाली जस्तै मेरो परिवार, साथीहरू र शुभचिन्तकहरूप्रति आभारी छु। तर यदि म स्कूल वा कलेजमा छँदा मलाई यो भएको भए, म वास्तवमै यसको सामना कसरी गर्ने थिएँ भनेर म भन्न सक्दिन। धेरै मानिसहरू प्रभावित हुनु अघि हामीले समुदायको रूपमा यसलाई छिटो सम्बोधन गर्न आवश्यक छ।’

यस विषयमा कानुनी कारबाही गर्न विभिन्न क्षेत्रका व्यक्तित्वको माग छ। यस भिडियोमा कमेन्ट गर्दै दिग्गज अभिनेता अमिताभ बच्चनले यस विषयमा कानुनी कारबाही गर्नुपर्ने लेखेका छन् ।

यसका साथसाथै केन्द्रीयमन्त्री राजीव चन्द्रशेखरले भनेका छन्, ‘सोशल मिडिया प्लेटफर्महरूले उनीहरूको प्लेटफर्ममा गलत जानकारी साझा नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ।’

हालै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ जसमा भारतीय अभिनेत्री रश्मिका मन्डन्ना लिफ्टमा उभिएकी छिन् । तर यो वास्तविक भिडियो होइन। जुन भिडिओ एआई (आर्टिफिसियल इन्टेलिजेन्स) डीपफेक प्रविधिको सहयोगमा हुबहु रश्मिकाजस्तै बनाएको हो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *