
काठमाडौं । पछिल्लो समय उत्साहजनक दर्शकहरुले मनपराएको चलचित्र ‘दिमाग खराब’को निर्माण टोलीले हलहरूप्रति दोष देखाउँदै शुक्रबारबाट नै प्रर्दशन रोक्ने बताएका छन् ।
नेपाली र विदेशी फिल्महरूलाई बराबर शो नदिएको र फिल्म लागिरहने बेलासम्म ५० प्रतिशत प्रोड्युसरलाई नदिएको भन्दै ‘दिमाग खराब’को निर्माण पक्षले चलचित्र हलहरुमा प्रर्दशन रोक्ने घोषणा गरेको हो ।
चलचित्रका निर्देशक निश्चल बस्नेतले बुधबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमा हलहरूले विभेद गरेको कारणले दर्शकसम्म पुर्याउनका लागि अन्य विकल्प खोज्ने निर्णय भएको बताए ।
यो फिल्ममा निश्चल बस्नेत, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, दयाहाङ राई, अर्पण थापालगायत कलाकार मुख्य भूमिका रहेको छ
‘ उनले ब्रिकम कँडेल र आँफू बसेर निर्णय गरेको बताए । उनका अनुसार शुक्रबारदेखि विदेशी फिल्म र नेपाली फिल्मको बराबर शो हुन्छ भने प्रोड्युसरले ५० प्रतिशत पाउँदैन त्यतिबेलासम्म यो फिल्म नचलाउने निर्णय भएको छ ।
हलमा आक्रमक व्यापार गरिरहेको यो चलचित्र निर्माणका लागिग ४ करोड बढी लगानी भएको बस्नेतको गुनासो छ। हामीले जति लगानी गरेका छौं त्यो सुरक्षित पार्नको लागि भए पनि बिजनेस राम्रो हुँदै जानुपर्यो। दर्शकहरूले साथ दिइरहनुभएको छ, तर विदेशी फिल्मले १० वटा शो पाएका छन्। यो चिज ठिक नलागेरै यो कदम उठाऔं भनेर लागेका हौं,’ उनले भने ।