
काठमाडौं । चलचित्र निर्माता संघले ‘दिमाग खराब’ ले उठाएको विषयको समर्थन जनाएको छ । बुधबार दिमाख खराव चलचित्रका निर्माताहरुले दर्शकको फ्लोअनुसार शो र आम्दानीको ५० प्रतिशत हिस्सा नेपाली चलचित्रले नपाए उक्त चलचित्र शुक्रबा्रबाट प्रर्दशन नगर्ने घोषणा गरेका थिए । त्यसपश्चात बिहीबार बसेको संघको बैठकले सो चलचित्रका निर्माताले लिएको अडानलाई सही ठहर्याउँदै साथ दिने निर्णयमा पुगेको हो ।
दिमाग खराबका निर्माता निर्देशकले विदेशी चलचित्र बराबरी शो पाउनुपर्ने तथा आम्दानीको ५० प्रतिशत हिस्सा निरन्तर प्राप्त हुनुपर्ने दुई वटा शर्तअनुसार नै आज बसेको बैठकले माग सम्बोधन गरेको छ । अब भोलीबाट दिमाख खराब चलचित्र निरन्तर संचालनमैँ रहनेछ ।
‘दिमाग खराब’का निर्माता निर्देशक समेत उपस्थित भएको बैठमैँ निर्माताहरुकै भावनाबमोजिम रहेको निष्कर्ष निकालिएको निर्माता –कलाकार दीपकराज गिरी जानकारी दिए । पछिल्लो समय दिमाख खराब चलचित्रले सबै दर्शको मन जितेको छ ।
नेपाली चलचित्र हलमा लाग्दा सुरुको दुई हप्ता हल सञ्चालक र निर्माताबीच टिकटबाट उठेको रकम आधाआधा बाँडफाँट हुने गरेको छ । तर, तेस्रो हप्तापछि भने हल सञ्चालकले ६५ प्रतिशत र निर्माताले ३५ प्रतिशतमात्रै पाउँछन् । विगतमा निर्माता संघ र हल सञ्चालकबीच सहमति भएरै यो सूत्र लागू भएको हो । तर, अधिकांश निर्माता यसमा सन्तुष्ट छैनन् । निर्माताले निरन्तर ५० प्रतिशत शेयर पाउनुपर्ने उनीहरुको माग छ ।