मनोरञ्जन

‘ऐरी’बाट प्रदीप खड्का बलिउडमा डेब्यु गर्दै

काठमाडौं । अभिनेता प्रदीप खड्का बलिउड सिनेक्षेत्रमा प्रवेश गर्ने भएका छन् । उनी ’ऐरी’मार्फते बलिउडमा डेब्यु गर्न लागेका हुन् ।

निर्माण टिमले ऐरीको घोषणा गर्दै सार्वजनिक गरिएको पोस्टर र टिजरमा अभिनेता प्रदीप खड्कालाई मात्र प्रस्तुत गरिएको छ । प्रदीपले अभिनय गर्ने पात्रको लुक पनि सार्वजनिक गरिएको छ । जसमा प्रदिपलाई टाउकोमा खुकुरीसहित फेटा गुथिएको देख्न सकिन्छ ।

जीवन थापाले निर्देशन गर्ने फिल्ममा भारतीय सिनेमाका वितरक सुवास काले, प्रशान्तकुमार कुँवर गुप्तासहितको लगानी रहनेछ । सुवास काले र प्रशान्तकुमार गुप्ता प्रदीपको फिल्म ’प्रेमगीत ३’ को हिन्दी संस्करणका निर्माता हुन्।

भारतमै छायांकन हुने ऐरी नेपाली, हिन्दी, तमिलसहित विभिन्न भाषामा निर्माण हुने बताइएको छ ।

फिल्मका लागि अन्य कलाकार फाइनल हुन बाँकी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *

ताजा अपडेट