मनोरञ्जन

रेखा थापाको उपहार चलचित्रले पायो प्रदर्शनको अनुमति

काठमाडौं । रेखा थापाको फिल्म उपहारु ले केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड) बाट प्रदर्शनको अनुमति पाएको छ। सेन्सर बोर्डले यू (युनिभर्सल) सर्टिफिकेट दिँदै रिलिजको अनुमति दिएको हो । उक्त फिल्म अब सबै दर्शकले हेर्न पाउनेछन् ।

उक्त फिल्ममा रेखासहित मुकुन भुसाल, पूजा शर्मा, बेनिशा हमाल, समर्पण जंग कार्की, तेज गिरीलगायतको अभिनय रहेको छ । फिल्मको निर्माताका रुपमा सुलभ प्रतीक देउजा र समीक्षा देउजा रहेका छन् । फिल्ममा सुलक्षण भारतीको कथा उल्लेख छ । भारतीसहित अभिमन्यु निरवी र माधव शर्माको पटकथा लेखेका हुन्। बलराम शाही कार्यकारी निर्माता रहेको ज्ञानेन्द्र देउजा निर्देशित फिल्म फागुन २५ गते रिलिज हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *