बेइजिङ। एक चिनियाँ क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई डेट गर्न प्रोत्साहित गरेको छ र त्यसो गरेमा उनीहरूलाई नगद पुरस्कार दिने बताएको छ । यो विषय सामाजिक सञ्जालमा भाइरल भएको छ ।
शेन्जेन राज्यमा रहेको इन्स्टा ३६० नामक क्यामेरा कम्पनीले आफ्ना कर्मचारीहरूलाई अनलाइन डेटिङ प्लेटफर्ममा गरिएको प्रत्येक वैध पोस्टको लागि ७७ येन अर्थात लगभग १२०० रुपैयाँ पुरस्कार दिने बताएको छ ।
यदि कुनै कर्मचारीले डेटिङ प्लेटफर्ममार्फत सफलतापूर्वक कसैसँग मेल भएमा र कम्तिमा तीन महिनासम्म सम्बन्ध कायम राख्यो भने कम्पनीले जोडी र र म्याचमेकर दुवैलाई १ हजार येन प्रदान गर्ने बताएको छ ।
साउथ चाइना मर्निङ पोस्टका अनुसार सो कम्पनीका प्रवक्ताले कम्पनीले यस कदमको माध्यमबाट कर्मचारीहरूको आफ्नोपन र खुसीको भावनालाई बढावा दिने लक्ष्य राखेको छ ।
सो कम्पनीले अभियान सुरु गरेदेखि लगभग ५०० पोष्टहरू साझेदारी गरिएको छ र कर्मचारीहरूलाई उनीहरूको मिलानको लागि लगभग १० हजार येन दिइ सकिएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो कम्पनीको नीति थाहा पाए पछि आफूहरूलाई पनि आफ्नो कम्पनीले सो सुबिधा दिनु पर्ने जनाइरहेका छन् ।